गण्डकी

पूर्वमन्त्री भण्डारीद्वारा एक लाख सहयोग

Banner

दमौली,जेठ ७ – 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामग्री खरिदका लागि रु एक लाख एक हजार एक सय ११ सहयोग गर्नुभएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्न उहाँले उक्त रकम जिल्ला पार्टी कार्यालयलाई सहयोग गर्नुभएको हो ।

पूर्वमन्त्री भण्डारीका तर्फबाट काङ्ग्रेस व्यास नगर समितिका सहसचिव डम्बर अधिकारीले जिल्ला सचिव विश्व बास्तोला र सह–सचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो । रकम ग्रहण गर्दै नेका जिल्ला सचिव बास्तोलाले सहयोगका लागि पूर्वमन्त्री भण्डारीप्रति आभार व्यक्त गर्नुभयो । यसैबीच काङ्ग्रेसले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्तासँग सहयोगको आह्वान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>