देश/प्रदेश

योजना आयोगको उपाध्यक्षमा पुनः डा कँडेल

Banner

काठमाडौँ, जेठ ६ –

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त हुनुभएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा। कृष्णप्रसाद ओली, डा। उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गर्ने निर्णय गरेको थियो ।
पुनः नियुक्ति पश्चात आज सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष उपाध्यक्ष कँडेलले सपथ ग्रहण गर्नुभएको छ । सपथपछि उपाध्यक्ष कँडेलले आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>