गण्डकी
गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार
५ जेठ, पोखरा
गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले दीपक मनाङेसमेत ५ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मनाङेसहित किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनमगर मन्त्रि बनेका छन् । पुनर्नियुक्त भएकामध्ये किरण गुरुङ आर्थिक तथा मामिला मन्त्री र दिपक मनाङे युवा तथा खेलकुदमन्त्री भएका छन् । गुरुङले प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मनाङे भने सपथमा सहभागी भएनन् । उनी कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी हुन नपाउने बिहानै मुख्यमन्त्री गुरुङलाई जानकारी दिएको बताइएको छ ।
अन्य रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनलाई कुनै जिम्मेवारी दिइएको छैन । उनीहरुले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।


























