Breaking News

चितवनमा फेरि कोरोना संक्रमण बढ्यो, आज एकैदिन २४९ संक्रमित थपिए

Banner

चितवन, जेठ ४-

केही दुई दिनसम्म केही घटेको चितवनको कोरोना संक्रमण दर सोमबार र आज मंगलबार फेरि बढेको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा चितवनमा थप २४९ जना कोरोना संक्रमित भएका छन् । थपिएका संक्रमित मध्ये भरतपुर महानगरमा १९२ जना, खैरहनीमा ७ जना, माडीमा १२ जना, रत्ननगरमा १२ जना, राप्ती नगरपालिकामा २ जना र इच्छाकामना गाउँपालिकामा ११ जना रहेका छन् ।

चितवनमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ११ हजार ८३९ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा आजसम्म १७६ जनाले ज्यान गुमाएका छन् । अस्पतालको आइसोलेसनमा २१९ जना र घरमा आइसोलेसनमा चार हजार ६ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>