देश/प्रदेश

बाँकेमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

Banner

बाँकेका विभिन्‍न अस्पतालमा कोरोना संक्रमणबाट  थप पाँच जनाको मृत्यु भएको छ । फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा दाङका तीन जना, बाँके र कैलालीका एकरएकजना छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१ का ४८ वर्षीया महिला, तुलसीपुर-६ का ४५ वर्षीय पुरुष र दाङकै दंगीशरण गाउँपालिका-३ का ६३ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । ४८ वर्षीया महिलाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान ९:१५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी ४५ पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ११:४५ बजे मृत्यु भएको हो । उनीमा वैशाख ३० गते संक्रमण पुष्टि भएको थियो । यसैगरी ६३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार १२ बजे मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका-३ की ६७ वर्षीया महिलाको भेरी अस्पतालमा ९:४५ बजे मृत्यु भएको हो । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो । कैलालीको कैलारी गाउँपालिका-७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा सोमबार बिहान १०:१५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>