Breaking News

रत्ननगरमा खेल्ने क्रममा एक बालिकाको मृत्यु

Banner

चितवन, वैशाख ३१ –

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १६ मा बस्ने संगिता बिककी छोरी ८ वर्षीय बालिकाको मृत्यु भएको हो ।

वडा अध्यक्ष हेमराज थापाका अनुसार करिब बिहान ९ बजे फलामको डण्डी भएको झ्यालमा पासो लगाएर खेल्ने क्रममा बालिकाको मृत्यु भएको हो । बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको वडा प्रहरीले जनाएको छ ।

पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने बालिकाको भरतपुर अस्पतालमा पोष्टमार्टम भईरहेको छ । बालिकासंगै अन्य दुई जना बालबालिका पनि घाईते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>