Breaking News
भरतपुर र क्यान्सर अस्पताललाई तत्काल बेड थप गर्न डिसिसिएमको निर्देशन
भरतपुर, वैशाख ३० –
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएम) ले वि.पि कोईराला ममोरियल क्यान्सर अस्पतालमा कोरोना बिरामीहरुको लागि १२० वेड व्यवस्था गर्ने निर्णय गरेको छ । आज बसेको डिसिसिएमको वैठकले कोरोना बिरामीको लागि क्रिटिकल कियरसहितको कम्तीमा पनि १२० बेड व्यवस्था गरी तत्काल उपचार सुरु गर्न अस्पताललाई अनुरोध गर्ने निर्णय गरिएको हो ।
कोरोना उपचारका लागि अस्पताललाई मोनिटर, आइसियु बेड, हाइफ्लो नासाल क्यानुला, पिपिइ सेट, सिलिण्डर खरिद मर्मत लागत लगायतका खर्च प्रयोजनका लागि आवश्यक बजेट व्यवस्थाकाृे लागि आवश्यक सिफारिससहित स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने डिसिसिएमले आज निर्णय गरेको हो ।
साथै अस्पतालले क्यान्सरका बिरामीहरुलाई दिँदै आएको सेवालाई यथोचित प्रबन्ध मिलाई निरन्तरता दिन पनि डिसिसिएमले आग्रह गरेको छ । डिसिसिएमले भरतपुर अस्पताललाई पनि बेड संख्या थप गरी २ सय पुर्याउन आग्रह गरेको छ । भरतपुर अस्पताललाई बेड थप गरी कोरोना संक्रमितहरुको उपचारलाई थप बिस्तार गर्न अनुरोध गरेको छ ।




























