Breaking News
चितवनका अस्पतालमा झण्डै ५०० कोरोनाका बिरामीको उपचार हुँदै, आज आठ जनाको मृत्यु
०

चितवन, वैशाख ३०-
चितवनमा निषेधाज्ञा भएको आज दुई हप्ता बित्दा चितवनका अस्पतालहरुमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या झण्डै ५०० पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १५३, चितवन मेडिकल कलेजमा १८३, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा १०१ जना, गुञ्जमानसिंह अस्पतालमा १ जना र अन्य अस्पतालमा ३२ जना गरेर जम्मा बिरामीको संख्या ४७० पुगेको हो ।
त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आज एकै दिन आठ जनाको निधन भएको छ भने अस्पतालहरुबाट ५० जना डिस्चार्ज भएका छन् । त्यस्तै अस्पतालका आईसीयूमा २५६ जना, भेन्टिलेटरमा ५२ जना र एचडीयूमा ८० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























