प्रदेश २

भारतसँग सीमा जोडिएको सर्लाहीमा सडक कालोपत्रे शुरु

Banner

सर्लाही,वैशाख ३० –
भारतसँग सीमा जोडिएको लक्ष्मीपुर बलाराबाट गढैयासम्म सडक कालोपत्रे गरिने भएको छ । भारत सरकारको रु ४ करोड ४४ लाख ८० हजार सहयोगमा कालोपत्रे सडक निर्माण हुनेभएको भएको हो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार तथा रौतहट चन्द्रनिगाहापुरस्थित डिभिजन सडक विभाग प्रमुख विनोद कुमार मौवरले संयुक्त रुपमा सडकको उदघाट्न गरेपछि निर्मााण काम सुरु भएको हो । ‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको सहयोगमा सो कार्य हुने भएको भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिनु भयो ।

सडक निमार्णका लागि भारतीय दूतावास काठमाडौं र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग डिभिजन सडक विभाग मुजेलिया बीच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अन्तर्गत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>