देश/प्रदेश

अुबुवामा जथाभावी रूख कटान

Banner

गोरखा,वैशाख २८ –
गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रूख कटानी भएको भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्था भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । काटिएको काठ स्थानीयवासी सुदर्शन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अवस्था भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख श्रेष्ठले थुपारिएर राखिएको काठ कहाँबाट काटेको भन्ने कुरा अनुसन्धान भइरहेको बताउनुभयो । “निजी वनको हो कि सामुदायिक वनबाट काठ काटिएको हो भन्ने स्पष्ट भइसकेको छैन”, प्रमुख श्रेष्ठले भन्नुभयो, “कार्यालयबाट काटेर राखिएको भनिएको ठाउँमा पुगेर काठ नापजाँच भइसकेको छ प्रतिवेदन प्राप्त हुन बाँकी छ ।” शाहीले थुपारेर राखेको भनिएको स्थानमा करीब २९ थान ९साढे ३१ क्युफिट० काठ फेला परेको अनुसन्धानमा खटिनुभएका रेन्जर बद्री देवकोटाले जानकारी दिनुभयो ।

अुबुवामाथि उत्तर पश्चिम क्षेत्रमा काठ काटेर सिंहले कर्मसिंह फाँटमा थुपारेर राखेको पाइएको उहाँको भनाइ छ । शाहीले सामुदायिक वनसँग जोडिएको क्षेत्रमा विनाअनुमति आफ्नो निजी वन भन्दै सालको रूख कटानी गरेको पाइएको हो । उनले घर बनाउनका लागि काठ काटेको भनिए पनि स्थानीयवासीले काठ बिक्री वितरणका लागि काटेको आशङ्का गरेका छन् । “घर बनाउनका लागि एउटा मात्र काटिन्थ्यो होला, एक स्थानीयवासीले भने त्यहाँ त एकै ठाउँमा पाँचवटा जति सालको रूख काटिएको छ, एउटा घर बनाउन त्यति धेरै रूख किन काट्नु प¥यो ।”

कानूनमा निजी वन नै भए पनि सालका काठ अनुमति विना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । “आफ्नो निजी वन क्षेत्र भएका विभिन्न आँप चिलौनेलगायत तोकिएका २३ प्रजातिका रूख अनुमति विना काट्न पाइन्छ”, कार्यालय प्रमखु श्रेष्ठले भन्नुभयो, “सालका रूखहरू अनुमति विना काट्न नपाइने कानूनी व्यवस्था छ ।” देशभर वैज्ञानिक वन व्यवस्थापनको नीति लागू भएपछि निजी प्रयोजनका लागिसमेत सालको काठ काट्न निषेध गरिएको छ । शाहीले काठ कटानीका लागि कसैसँग पनि अनुमति नलिएको पाइएको छ ।

“सामुदायिक वनलाई जानकारी गराएर काठ कटानी गरेको होइन, उहाँले मेरो निजी वनको हो”, उहाँले भन्नुभयो । स्थानीय वनदेवी सामुदायिक वनका सचिव राजन रिमालले भन्नुभयो, “हामीले कुनै लिखित अनुमति पनि दिएका छैनौँ ।” उहाँले रूख काटिएको ठाउँ हेर्दा वन नै जस्तो देखिने बताउनुभयो । “हेर्दा वन नै जस्तो देखिन्छ, अब वनको कित्ता भित्र पर्छ कि पर्दैन भनेर यकिन गर्न सक्दैनौँ”, सचिव रिमालले भन्नुभयो, “निजी वन हो वा सामुदायिक हो भनेर छुट्याउन नापी ल्याएर नापी गर्नुपर्छ ।”

रूख काटिएको क्षेत्रमा अन्य कुकाठका रूखहरू पनि ढलिरहेको अवस्थामा भेटिएको स्थानीयवासीको भनाइ छ । शाहीले भूकम्पको घर निर्माणका लागि काठ काटेको बताए पनि उनले यसअघि नै भूकम्पको एक कोठे घर निर्माण गरेर अनुदान बुझिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>