Breaking News

खैरहनीका मेयर चौधरी भन्छन्: होम आइसोलेसनमा बस्ने संक्रमितलाई औषधि उपलब्ध गराएका छौं

Banner

चितवन, वैशाख २६-

चितवनको खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले नगरपालिकामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई विशेष हेरबिचार गरिएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै चौधरीले नगरपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई विशेष अनुगमन गर्दै हेरबिचार गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘ संक्रमितहरुको बारेमा नगरपालिका र वाडमा गठन भएको समितिले अनुगमन गर्दै आवश्यक औषधि उपलब्ध गराएका छौं । गम्भीर बिरामी भएमा अस्पताल लैजाने पनि व्यवस्था गरेका छौं ।’

नगर प्रमुख चौधरीले नगरपालिकाले कोरोना रोकथामको लागि गरेका प्रयासहरु बारे जानकारी दिँदै भिडियो सन्देशमा खैरहनीको चौबिसकोठीमा विभिन्न संघसंस्थाको सहयोगमा राखिएको हेल्थ डेस्कलाई आवश्यक सहयोग गरिएको बताएका छन् । उनले भने, ‘ नगरपालिकामा ७६ जना संक्रमित भएका छन् । हरेक वडामा समिति बनाएर कोरोना संक्रमण नियन्त्रणका काम गरिरहेका छौं । नगरपालिकाको २ नम्बर र ९ नम्बर वाडमा अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेका छौं । नगरपालिकाका स्वास्थ्यकर्मीलाई भरतपुर अस्पतालका डाक्टरहरुबाट आवश्यक तालिम र मरामर्श दिने व्यवस्था भएको छ ।’

त्यसैगरी नगरप्रमुख चौधरीले चितवनमा जारी निषेधाज्ञा कार्यान्वयनको लागि खैरहनी प्रहरीलाई गाडी र माइक उपलब्ध गराएर आवश्यक निर्देशन दिने काम भइरहेको जानकारी दिए । उनले भने, ‘नगरभित्रका नागरिकहरुको स्वाब संकलन गरेर क्यान्सर अस्पतालमा परीक्षणको लागि पठाउने पनि व्यवस्था गरेका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>