नवलपरासी

कोरोना संक्रमित माधव समूह नवलपरासीका अध्यक्ष कँडेलको पुरानो मेडिकल कलेजमा मृत्यु

Banner

नवलपरासी,बैशाख २५-

एमाले माधव समूहका नवलपरासी अध्यक्ष शिवलाल कँडेलको कोरोनाका कारण चितवनको पुरानो मेडिकल कलेजमा आज निधन भएको छ । बर्दघाट वार्ड–२ बस्ने ६० वर्षका कँडेल केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । आज उपचार गर्दागर्दै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

पुर्ख्यौली घर गुल्मीबाट बसाईंसराई गरी नवलपरासी आएका कँडेल दिव्य ज्योति क्याम्पस व्यावस्थापन समिति पूर्व अध्यक्ष, नवलपरासी जिल्ला विकास समितिको पूर्व जिल्ला सदस्य समेत रहेका थिए । उनका २ छोरा र श्रीमती रहेका छन् । यस्तै नवलपरासी जिल्ला विकास समितिको पूर्व उपसभापति चिन्तामणि पोखरेलको पनि आजै काठमाडौँमा उपचारको क्रममा निधन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>