Breaking News
चितवनमा कोरोना संक्रमणबाट एकैदिन १४ जनाले ज्यान गुमाए, भेन्टिलेटरमा २९ संक्रमितको उपचार हुँदै
०

चितवन, वैशाख २५-
चितवनमा गत २४ घण्टामा १४ जना कोरोना संक्रमित बिरामीले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार १४ जना मध्ये भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा २ जना, क्यान्सर अस्पतालमा १ जना, राप्ती नगरपालिकामा १ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा ३ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी भरतपुरको तीन ठूला अस्पतालको भेन्टिलेटरमा २९ जना बिरामीहरुको उपचार भइरहेको कार्यालयले जनाएको छ । शुक्रबारको भन्दा आज अस्पतालहरुमा ८४ जना कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























