Breaking News

चितवनका युवाहरुले गरे निशुल्क एम्बुलेन्स सेवा, यी नम्बरमा फोन गर्न सकिने

Banner

मनिका विश्वकर्मा,

चितवन, वैशाख २४ –

चितवनका केही युवाहरु मिलेर कोभिड १९ आपतकालिन सहयोग कक्ष संचालन गरेका छन् । कोरोना भाईरस रोकथामका लागि सरकारले देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको छ । त्योसंगै चितवनमा पनि निषेधाज्ञा जारी गरिएको हो ।

चितवनका विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध रहेका युवाहरुको सक्रियतामा सहयोग कक्ष संचालन गरिएको हो । चितवनमा सात वटा स्थानिय तहहरु रहेका छन् । जसमा छ वटा स्थानिय तहले आफ्ना वडामा आईशोलेशन वार्ड बनाएका छन् । तर भरतपुर महानगरले भने अहिले सम्म केही गर्न सकिरहेको छैन । महानगरले स्थानियबासीहरुका लागि पनि एम्बुलेन्सको व्यवस्था गर्न सकिरहेका छैनन् ।

एम्बुलेन्स नपाएर घरमा नै मृत्यु भएका र एम्बुलेन्स नभएर ट्याक्टरमा बिरामीलाई अस्पताल लैजानुपरेको अवस्थामा पनि स्थानिय सरकार मौन रहेकोले नै युवाहरु मिलेर यस्तो योजना बनाइएको सामाजिक अभियान्ता सागर कार्कीले जानकारी दिए । उक्त सहयोग कक्षले आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने उनले बताए ।

संचालन गरेको दुई दिनमा नै उक्त सहयोग कक्षले २२ जनालाई सहयोग गरिसकेको छ । चितवनका मात्रै नभएर परेको खण्डमा अन्य जिल्लाहरुमा सहयोग गरिने कार्कीले जानकारी दिए । चितवन मात्रै नभएर रसुवा, सुर्खेत काठमाडौं लगायत छिमेकी जिल्लाहरूबाट समेत सहयोगको आग्रह सहित फोन आए । कार्कीले भनेर्, कतिले त धन्यवाद दिन मात्रै पनि हामीलाई कल गर्नुभयो । निकै खुसि लागेको छ । उहाँहरुको साथ, सहयोग र मायाले नै हामीलाई सामाजिक सेवामा अझ धेरै प्रेरणा र ऊर्जा प्रदान गर्ने गरेको छ ।’

संयुक्त एम्बुलेन्स चालक संघ चितवनको सहयोगमा युवाहरु अर्जुन भुषाल, सागर कार्की, सिम्रिन काफ्ले, सन्तोष पन्त, रेशम अधिकारी, गोपाल अर्याल र विशाल कोइराला लगायत मिलेर बिहिबारदेखि भरतपुरको चौविसकोठीमा सहयोग कक्ष सञ्चालन गरेका हुन् । विरामीका लागि तीन वटा एम्बुलेन्सको व्यवस्था गरिएको सामाजिक अभियान्ता अर्जुन भुषालले बताए ।

जिल्ला प्रशासन कार्यालय चितवनको मौखिक अनुमतिमा, जिल्ला प्रहरी कार्यालयको समन्वयनमा सो कक्ष संचालन गरिएको भुषालले जानकारी दिए । संक्रमितलाई एम्बुलेन्स चाहिएमा ९८०१५६४८०७ र ९८०१५६४८०८ मा सम्पर्क गर्न सकिने उनले बताए ।

यसैगरी हेल्प कक्षबाट अस्पतालसम्म पुग्न नसक्ने दिर्घरोगीलाई उनीहरुले खाइरहेका औषधी घरसम्मै पु¥याइदिने, उपचारत बिरामीहरुलाई रगतको अभावमा रगत व्यवस्था गरिदिने जस्ता कामहरुको लागि उक्त कक्षले समन्वयन गरिदिने तथा व्यवस्था गरिदिने भुषालले भनेर्, यो मात्रै नभएर कोरोनाका बिरामीहरुको आत्मरक्षा बढाउनको मेडिकल काउन्सिल गर्ने तथा स्वास्थ्य परामर्श साथै बिहान बेलुका छाक टार्न समस्या भएकाहरुलाई राहतको व्यवस्था समेत गर्नेछौं ।’

आर्थिक अवस्था कमजोर भएकाहरुलाई मात्रै निशुल्क एम्बुलेन्स सेवा दिने उनले बताए । एम्बुलेन्स नपाएकाहरु जुनसुकै बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन सहयोग गरिनेछ । हालसम्म कुनै पनि स्थानिय सरकारले भने उक्त अभियानलाई आर्थिक रुपमा साथसहयोग गरिरहेको छैन । सहयोगी व्यक्तिहरुबाट १३ हजार रकम जुटेको र उक्त रकम सहयोग कक्षमा खर्च गरिने उनले बताए ।

भरतपुरको चौविसकोठीमा रहेको उक्त कोभिड १९ आपतकालिन सहयोग कक्षमा एम्बुलेन्स चालकसहित विभिन्न सामाजिक अभियान्ता गरी २०/२२ जना रहेका छन् । उनीहरु कोही घरबाट नै सम्र्पक गरेर कोही फिल्डमा नै गएर आपतकालिन सहयोग गरिरहेका छन् । सहयोग कक्षले बिहिबार मात्रै इच्छाकामना गाँउपालिका १ कोप्चाराङ बस्ने ७ वर्षीय बालकलाई भरतपुर अस्पताल पुर्रयाउन मद्दत गरेको थियो । उक्त बालकको लडेर दाहिने हात भाँचिएको थियो । बालकलाई फिस्लिङमा एक्सरे गरेर हेर्दा भरतपुर नै लैजानुपर्छ भनिसकेपछि गाडी नपाएर अलपत्रमा परेका थिए ।

उक्त खबर सहयोग कक्षले थाहा पाएपछि ती बालकलाई मद्दत गर्न उनीहरुका टिम पुगेको सामाजिक अभियान्ता सिम्रीन काफ्ले जानकारी दिईन् । उक्त टिमले चितवनका सहरी क्षेत्रहरुभन्दा पनि बढी गाँउबेसीका ठाँउहरु जहाँ स्वास्थ्य कम रहेको र कोरोना संक्रमित भएका ठाँउहरुममा उक्त सेवा प्रदान गरिएको काफ्लेले बताईन् । सहयोग कक्षले कोरोना संक्रमितहरुको शव व्यवस्थापनमा सेनासंग समन्वयन गरिहेको छ ।
                                                                       सम्बन्धित समाचार :

महामारीमा झुटको प्रचार गर्दै भरतपुरकी मेयर रेनु, घरमै निशुल्क एम्बुलेन्स भन्दै मिडियालाई उल्लु बनाउँदै
https://narayanionline.com/2021/05/07/114560/

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>