लुम्बिनी

बाँकेमा एकैरात १० सङ्क्रमितकोे मृत्यु

Banner

देउखुरी, २३ वैशाख

बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना सङ्क्रमितको गए राति अस्पतालमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बाँकेका र एक जाजरकोटका रहेका छन् । गए रातिदेखि आज बिहान ७ः०० बजेसम्म उपचारका क्रममा अस्पतालमै उहाँहरुको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै सात जनाको मृत्यु भएको छ । त्यसमा वडा नं १० एउटै वडा निवासी तीन रहेका छन् । भेरी अस्पतालमा नौ र शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–१ निवासी ५८ वर्षीय पुरुषको गए राति १०ः०० बजे, वडा नं ४ निवासी ५५ वर्षीय पुरुषको गए राति १२ः३० बजे, वडा नं १० निवासी ७८ वर्षीया महिलाको गए राति ७ः३० बजे, वडा नं १० निवासी २७ वर्षीय पुरुषको १०ः२० बजे, वडा नं १० का ७८ वर्षीय पुरुषको बिहान १ः४० बजे, वडा नं १२ निवासी ४५ वर्षीय पुरुषको ६ः१५ बजे, वडा नं १९ का ७७ वर्षीय पुरुषको बिहान ४ः३० बजे, भेरी नगरपालिका जाजरकोटका ४३ वर्षीया महिलाको राति ९ः०० बजे र नरैनापुर गाउँपालिका–१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान ७ः०० बजे मृत्यु भएको छ ।

यसैगरी यही वैशाख १४ गते भर्ना भएका कोहलपुर नगरपालिका–५ निवासी ३४ वर्षीय पुरुषको गए राति ९ः४० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बाँकेका १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्य हुनेको सङ्ख्या १२७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>