गण्डकी
देवघाटमा प्राङगारिक खेती गरेर ‘भान्छा नै औषधालय ‘अभियान सुरु

सुवास लामिछाने
देवघाट, वैशाख २२-
देवघाटमा प्राङगारिक उत्पादन गर्नका लागि नमुना फर्मको सुरुवात गरिएको छ ।
देवघाट गाउँपालिका–१ कोटामा रहेको ६० रोपनी जग्गामा सो फार्म रहेको छ । फार्ममा प्राङ्गारिक खेतीको प्रयोगात्मक तरिकाबाट तालिम दिनुका साथै कम्पोष्ट मल,गडयौला मल, हरियो मल उत्पादन गरिने वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघको अध्यक्ष र भान्छा नै औषधालयको प्रवर्तक अभियन्ता रोमलाल गिरीले बताए । सो क्षेत्रमा सबै प्रकारका रैथाने वालीहरुको उत्पादन, खाद्यन्न तरकारी जडिबुटी र फलफूल तयार हुदै गरेको गिरीले नारायणी अनलाइनलाई जानकारी दिए । प्राङगारिक कृषि मिसन समिति र एकीकृत कृषि नमुनाको सहकार्यमा आठ हजार प्रकारका खानेकुराहरुको पहिचान र प्रयोग गर्नका लागि देवघाट क्षेत्रमा नेपालकै पहिलो र नमुना प्राङगारिक नमुना फर्म बनाइएको हो । प्राङगारिक उत्पादन मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । आफ्नो क्षेत्रमा फर्म सुरुवात गरिएकाले सो फर्मका लागि आवश्यक सहयोग र संरक्षण गर्ने अध्यक्ष थापाले जनाए ।

























