गण्डकी

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण

Banner

पोखरा, वैशाख २२-

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ । प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ आएको हो ।

यसअघि गण्डकी प्रदेशका चार जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने पनि संक्रमित भएर चार दिनदेखि एकान्तवास (आइसोलेसन)मा छन्। मुख्यमन्त्री पनि अहिले आफ्नै निवासको एकान्तवास (आइसोलेसन) मा छन् ।

मुख्यमन्त्रीविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्ताव छलफल गर्नुअघि सांसदहरु सबैको कोरोना परीक्षण भएको थियो। त्यसमध्ये सुरुमा तीन जनाको पोजेटिभ आएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>