प्रदेश २

नेपालबाट भारतमा अक्सिजन सिलिण्डर तस्करी गर्ने ३ जना पक्राउ

Banner

जनकपुरधाम,बैशाख २२-

भारततर्फ अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा प्रहरीले मंगलबार महोत्तरीमा तीन जनालाई पक्राउ गरेको छ । प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७/७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ बर्षीय जमरुदिन राईन, वडा नम्बर २ बस्ने ५० बर्षीय दिनेश कुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ बस्ने विपिन चौधरी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए ।

सोमबार राति ८ बजेतिर भारततर्फ लग्ने क्रममा उनीहरुलाई अक्सिजनको सिलिण्डरसहित नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>