Breaking News

चितवनमा निषेधाज्ञाः बैँक तथा वित्तीय संस्था खुला, सेवाग्राही कम

Banner

मनिका विश्वकर्मा

चितवन, वैशाख २०

चितवनमा निषेधाज्ञाका कारण बैँकहरु खुला भए पनि सेवाग्राहीको संख्या भने थोरै रहेको छ ।

चितवनमा १०० बढी बैँक तथा वित्तीय संस्था खुला रहे पनि निषेधाज्ञाको कारण सेवाग्राहीको संख्या कम रहेको बैँकका व्यवस्थापकहरु बताउँछन् ।

नारायणगढको बैँक अफ काठमाडौं लिमिटेडका प्रवक्ता वीरेन्द्र श्रेष्ठका अनुसार बैँकमा पछिल्लो निषेधाज्ञाको समय सेवाग्राहीको संख्या घट्दो छ । स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्र बैँकले दिएको आदेश अनुसार नै बंैकले सेवा दिइरहेको बैँकका कर्मचारीहरु बताउँछन् । चितवनमा बैँक अफ काठमाडांैका चार शाखाहरु रहेका छन् ।

निषेधाज्ञा नभएको समयमा बैँकमा १६ सय बढी सेवाग्राहीहरु आउने गरेकोमा अहिले सय भन्दा धेरै नआउने उनले बताए । बैँकमा कर्मचारीहरुलाई पनि आलोपालो गरेर राखिएको उनले जानकारी दिएका छन् । बैँकमा निषेधाज्ञाले गर्दा २० जना कर्मचारी राखेर काम गर्ने सुचारु गरेको छ । बैँकमा हाल निषेधाज्ञाको समय अत्यावश्यक कामहरुको लागि मात्रै सेवाग्राही आउने उनले बताए । चितवनमा पहिलो निषेधाज्ञामा उक्त बंैकका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमित भएका थिए भने अरु कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो तर यसपटक भने कसैलाई पनि कोरोना नभएको उनले नारायणी अनलाइनलाई बताए ।

त्यसैगरी लुम्विनी विकास बैँक नारायणगढमा भने कर्मचारी थोरै खटिनुका साथै सेवाग्राही पनि कम रहेका छन् । बंैकमा तीन–चार जना मात्रै कर्मचारीहरुले काम गरिरहेका छन् । बैँकका कर्मचारी शिव अधिकारीका अनुसार पहिलेको तुलनामा धेरै कम सेवाग्राही आएका छन् । सेवाग्राहीलाई कोरोना लाग्ने डरले पनि बैँकमा कम आएको हुनसक्ने अधिकारीको अनुमान छ । बैँकमा निषेधाज्ञा भएको बेला दिनहुँ तीन जना जति सेवाग्राहीहरु आउने गरेको उनले जानकारी दिए । बैँकले राखेको एटीएमबाट रकम निकाल्न कम सेवाग्राही आएको उनले बताए ।

यस्तै राष्ट्रिय बचत तथा ऋण सहकारीमा सेवाग्राही कम नै देखिन्छन् । निषेधाज्ञाको कारण संस्थाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सेवा दिइरहेको संस्थाकी प्रबन्धक इश्वरी भट्टराईले जानकारी दिइन् । संस्थाले हाल पुरानो सदस्य अर्थात् स्वीकृत भइसकेकाहरुलाई मात्रै ऋण दिने काम गरेको छ । निषेधाज्ञा नहुँदा संस्थामा ३०० भन्दा धेरै सेवाग्राहीहरु आउने गर्थे भने हाल ५०÷६० जना मात्रै आउने उनले जानकारी दिइन् । संस्थाले पनि स्वस्थ्य मापदण्डको पालना साथै अत्यावश्यक कामबाहेक अरु काममा नआउन सेवाग्राहीलाई आग्रह गरेको उनले बताइन् । सहकारीमा हालसम्म ३५ सय सदस्यहरु रहेका छन् । सेवाग्राही कम आएको कारण सहकारीले १५ जना कर्मचारीलाई घटाएर तीन जनाबाट सेवा दिएको उनले बताइन् ।

यसैगरी नारायणगढमा रहेको सनराइज बैँकले भने सेवाग्राहीलाई गेट बाहिर नै राखेर सेवा दिइरहेको छ । पहिलाको तुलनामा अहिले एक तिहाइको हाराहारीमा सेवाग्राहीको संख्या झरेको बैँकका प्रबन्धक युगेन्द्र पुनले जानकारी दिए । आज मात्रै बैँकमा ३० जना सेवाग्राही आएको उनले बताए । राष्ट्र बैँकको नियमलाई पालना गरी सेवा दिँदै आएको उनले जानकारी दिए । सेवाग्राही बैँकमा रकम जम्मा गर्ने भन्दा पनि रकम झिक्ने बढी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>