Breaking News

चितवनमा एकैदिन १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२११ पुग्यो

Banner

चितवन, वैशाख २०–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो क्रममा छ । सोमबार दिउँसोसम्ममा जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार २११ पुगेको छ । एकैदिन १६६ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर महानगरपालिकामा मात्रै १४२ जना संक्रमित थपिएका छन् । १३९ जनाको पीसीआर र ३ जनाको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै खैरहनी नगरपालिकामा ७, माडीमा ५, रत्ननगरमा ५, राप्तीमा ३ र कालिकामा २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना देखिन थालेपछि जिल्लामा संक्रमण दर तिव्र भएको छ । अहिले भरतपुर महानगरपालिका भित्र मात्रै सक्रिय संक्रमितको संख्या एक हजार १३ पुगेको छ । यस्तै रत्नन नगरपालिकामा ८८, खैरहनीमा ३८, राप्तीमा २७, माडीमा २१, कालिकामा १५ र इच्छाकामनामा ९ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमित मध्ये एक हजार ११८ जना होम आइसोलेसनमा छन् भने ९३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>