देश/प्रदेश

किरात समुदायको समाधिस्थलमा डोजर लगाइएपछि उक्त समुदाय आन्दोलित

Banner

झापा,वैशाख १९ –

मेचीनगर नगरपालिकाले डोजर लगाएर भत्काएको काँकरभिट्टास्थित किराँत समाधिस्थलमा आज बिहान सामूहिक क्षमा पूजा गरिएको छ ।

विभिन्न जातजातिका समाधिस्थल भत्काइएपछि आ–आफ्ना धर्म गुरुमार्फत पितृहरुको आत्माको चिरशान्तिका लागि सामूहिक क्षमा पूजा गरिएको हो । सो स्थानमा लिम्बू, राई, तामाङ, क्षेत्रीलगायत विभिन्न जातजातिका समाधि रहेका थिए ।नगरपालिकाले सशस्त्र प्रहरीको आउट बोर्डर पोष्ट (बिओपी) स्थापनाका लागि पाँच दिनअघि आदिवासी जनजातिहरुको सहमति विनै २०० समाधि रहेको स्थानमा डोजर लगाएर भत्काएको थियो । समाधिस्थल भत्काएपछि किराँत समुदाय आक्रोशित बनेको छ ।

आदिवासी जनजाति समन्वय परिषद् मेचीनगरका अध्यक्ष ओमप्रसाद खापुङको संयोजकत्वमा उनीहरुले २१ सदस्यीय सङ्घर्ष समिति नै गठन गरेका छन् । समितिमा नगरभित्र रहेका विभिन्न जातीय समुदायको अध्यक्षहरु र पीडित परिवारका तर्फबाट छजनालाई सदस्यमा राखिएको संयोजक खापुङले बताउनुभयो । उहाँले सो स्थानमा किरात समुदायले आजै बाँसको घेराबार लगाइएको बताउनुभयो ।

“पीडित परिवारको माग समाधिस्थल पुनःस्थापना हुनुपर्छ भन्नेछ”, उहाँले भन्नुभयो, “नगरप्रमुख विमल आचार्यलाई हाम्रा माग राखेर ज्ञापनपत्र बुझाएका छौँ । उहाँले दुःख व्यक्त गरेर विज्ञप्ति त निकाल्नुभयो तर मागको सम्बोधन भएको छैन ।” उहाँले नगरपालिकाले धार्मिक आस्थमाथि नै डोजर चलाएको आरोप लगाउँदै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>