Breaking News

चितवनमा लगातार वर्षा,आज दिनभरि पानी पर्ने सम्भावना

Banner

चितवन,बैशाख १९-

चितवनमा आज पनि लगातार पानी परेको छ । राति चितवनसहित देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । शनिवार हावाहुरी सहित बर्षा भएको थियो । चितवनमा लामो समयपछि लगातार बर्षा भएकाले राहातको महशुस गरिएको थियो ।

भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

आज दिनभरिनै मौसम बद्ली हुने अनुमान छ । आज पानी रोकिँदै पर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । रातिको मौसम पनि यस्तै रहने अनुमान छ । भोलि पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>