देश/प्रदेश

काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा हुने

Banner

काठमाडौं, वैशाख १८ –

काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार भोलि १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।

अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको सुचनामा जानकारी दिएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन ।

बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन । जिल्लाभित्र विकास निर्माणका काममा प्रयोग हुने सामग्रीहरु ढुवानीका लागि राति ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न लिइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>