गण्डकी

दुर्घटनाका घाइतेको हवाई उद्धार

Banner

गलकोट,वैशाख १८ –

बागलुङकोे बरेङ गाउँपालिका–१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ–१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते हुनुभएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो ।

घाइते पौडेलको बायाँ हातको बूढी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुन सक्ने भन्दै काठमाडौँ पठाइएको हो । उहाँलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>