गण्डकी

दमौलीको अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा

Banner

दमौली, वैशाख१८ –

तनहुँको व्यास नगरपालिका–३ स्थित नेशनल एपोलो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । कोरोना जोखिम बढेपछि अस्पतालले शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा आउने सर्वसाधारणलाई सहजरुपमा सेवा दिन ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिनुभयो । “कोभिडको सन्त्रास फेरि फैलिँदै गएको अवस्थामा चुप लागेर बस्ने अवस्था देखिँदैन”, दाहालले भन्नुभयो, “गत वर्ष कोरोना कहरमा पनि ज्वरो क्लिनिकबाट सेवा दिएका थि यौ ।”

ज्वरो क्लिनिक सञ्चालनका लागि अस्पताल प्राङ्गणमा टेन्ट राखिएको छ । त्यसका लागि वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र चापाघाटस्थित कालीभञ्जन गण (इ)ले सहयोग पु¥याएको दाहालले बताउनुभयो ।

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ । जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन् ।

आँबुखैरेनी गाउँपालिकाले यही वैशाख २१ गतेबाट आधारभूत तहको परीक्षा शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । साथै अन्य कक्षाको वार्षिक परीक्षा पनि विद्यालय आफैँले वैशाख २१ गतेदेखि सञ्चालन गर्न आग्रह गरेका छन् । कक्षा आठको प्रवेशपत्र, प्रश्नपत्र र उत्तरपुस्तिका यही वैशाख २० गते गाउँपालिकाकाको कार्यालयबाट वितरण गरिनेछ ।

बन्दीपुर गाउँपालिकाले वैशाख १९ गतेदेखि आधारभूत तहको परीक्षा सञ्चालनको तयारी थालेको छ । यही वैशाख १५ गते बसेको गाउँपालिकाको बैठकले परीक्षाको मिति तय गरेको शिक्षा शाखा प्रमुख विष्णु खत्रीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>