देश/प्रदेश

कोरोनाको बिरामीलाई आईसीयू अभावमा छटपटिँदै मृत्यु

Banner

अर्घाखाँची,बैशाख १८-

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए । दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा शय्या अभाव भएपछि पेटीमा अक्सिजन जोडेर उपचार गरिँदै। तस्बिर सौजन्य स् द्रोण वली

कोरोना पुष्टि भएपछि बेड पाएनन् । परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए । कतै बेड खाली पाएनन् ।

संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल पुर्‍याइयो । त्यहाँ पुर्‍याएको दुई घण्टापछि उनको मृत्यु भयो ।

‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि रु’ मृतककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’ श्वासप्रश्वासमा समस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक पुरुषलाई बुधबार साँझ लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइयो । चिकित्सकले संक्रमितका लागि तत्काल अक्सिजनसहित आईसीयू बेड चाहिने बताए । धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड खाली थिएन । फिभर क्लिनिक पनि भरिएको थियो । २४ घण्टादेखि अस्पतालको आपत्कालीन कक्षमा बेडको प्रतीक्षा गरिरहेका ती ८३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भयो । अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले आपत्कालीन कक्षमा अक्सिजनको सहायतामा राखिए पनि उनको मृत्यु भएको बताए ।

कान्तिपुर दैनिकले लेखेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>