Breaking News

चितवनमा थप १३९ जनामा कोरोना संक्रमण, मृतकको संख्या ११६ पुग्यो

Banner

चितवन, वैशाख १६-

चितवनमा गत २४ घण्टामा थप १३९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनको अनुसार थप संक्रमित मध्ये ११८ जना भरतपुर महानगरपालिका, खैरहनी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिकामा ११ जना र राप्ती नगरपालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको हो । चितवनमा आजसम्म कोरोना संक्रमणको कारणले मृतकको संख्या ११६ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार चितवनमा जम्मा संक्रमितको संख्या सात हजार ६९२ पुगेको छ भने छ हजार ८५२ जना निको भई घर फर्किएका छन् । त्यसैगरी ६७२ जना घरमा आइसोलेसनमा रहेका छन् भने अस्पतालको आइसोलेसनमा ५२ जना रहेका छन् । जम्मा संक्रमित मध्ये तीन हजार १९१ जना महिला र चार हजार ४९६ जना पुरुष रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>