देश/प्रदेश

सेती नदीमा मोटरेबल पुल निर्माण

Banner

बझाङ,वैशाख १५-

सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।

नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा शुरुको चरणमा २०७२ साल वैशाख ८ गते नीलगिरि र जागृति निर्माण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए । बीचको पिलरका लागि खाल्डो खन्दा ढुङ्गा भेटिएको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्ने जनाएको थियो ।

कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको पुल २०७७ साल मङ्सिर महिनाबाट फेरि काम अगाडि बढाइएको र अहिले पुलको सबै काम सकेर स्थानीय सरकारलाई हस्तान्तरण गर्न भने बाँकी रहेको स्थानीय सडक, पुल कार्यक्रमका प्राविधिक अधिकृत हरिशङ्कर जोशीले बताउनुभयो ।

पुल बनेपछि सेती नदी पारि रहेका स्थानीयवासीलाई आवतजावतमा सहज हुनाका साथै गाउँघरमा उत्पादन भएका स्थानीय स्रोत साधनलाई बजारसम्म पु¥याउन र अन्य निर्माणका सामग्री ढुवानी गर्नसमेत सजिलो हुने जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले बताउनुभयो । पुलको लम्बाइ ७० मिटर छ । साथै २०७७ साल पुस १५ गतेभित्र पाउनुपर्ने रकमको भुक्तानी नपाउँदा र अर्कोतर्फ घटिघटाउमा काम गर्दा निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनी इलाइट कन्सट्रक्शनका प्रतिनिधि कपिल राईले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खड्काले अब थलारा, तलकोट, छान्ना लगायतका स्थानीय तहहरुसमेत जोडिने बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>