गण्डकी

दमौलीबाट भीरकोट जाँदै गरेको जीप दुर्घटना, एकको मृत्यु, १६ घाइते

Banner

दमौंली, वैशाख १४-

दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ– १ धारापानीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घटनामा १६ जना घाइते भएका छन् । आज दिउँसो भएको घटनामा ग १ ज ७६०० नम्बरको जीप भीरबाट तल खस्दा अरु १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकको अवस्था अति चिन्ताजनक रहेकामा दमौली अस्पतालमा ज्यान गाएको प्रहरी स्रोतले बताएको छ । अन्दाजी २८ वर्षीया ती महिलाको नाम ठेगाना खुलिसकेको छैन । घाइते चारको रत्नहरी र बाँकीको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केहीलाई पोखरा पठाइएको छ । घटनास्थल पुगेका एक प्रहरीका अनुसार जीप भीरबाट करिब १०० मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>