देश/प्रदेश

पूर्वराजा र रानीलाई अक्सिजन दिएर उपचार गरिँदै

Banner

काठमाडौं, १४ वैशाख
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजन दिएर उपचार गरिएको छ ।

कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत उनीहरुलाई कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अक्सिजनको सपोर्टमा उपचार गरिएको अस्पतालले मंगलबार दिउँसो सूचना जारी गर्दै जनाएको छ ।

पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ । उपचाररत तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको अस्पतालको भनाइ छ ।

कोरोना संक्रमण पुष्टि भएपछि वैशाख १ गते पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना हुनुअघि उनीहरु केही दिन होम आइसोलेसनमा पनि बसेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>