Breaking News

चितवनको खैरहनीमा ९ महिनामा ९ करोड राजस्व संकलन

Banner

चितवन, वैशाख १४ –

पुर्वी चितवनको खैरहनी नगरपालिकाले चालू आर्थिक बर्षको चैत सम्म झन्डै ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०७७।०७८ को ९ महिना अर्थात चैत मसान्त सम्म ८ करोड ८७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले बताएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेका अनुसार संकलित सो राजस्व लागत सहभागिता सहितको हो ।

हाल सम्म १ करोड ९४ लाख ९१ हजार रुपैयाँ लागत सहभागिता रहेको छ । त्यसबाहेक ६ करोड ९२ लाख ५७ हजार विभिन्न शिर्षकबाट आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । सबैभन्दा बढी राजस्व घरजग्गा रजिस्ट्रेशनबाट संकलन भएको छ । उक्त शिर्षकबाट २ करोड १७ लाख रुपैयाँ संकलन भएको हो । त्यस्तै सम्पत्ति करबाट १ करोड ७७ लाख ३२ हजार,ब्यवसाय रजिस्ट्रेशन दस्तुरबाट ७८ लाख २३ हजार,सिफारिस दस्तुरबाट ६३ लाख ३३ हजार ,घर बहाल करबाट ४३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी नक्सापास दस्तुरबाट २९ लाख ८ हजार,बांडफांड भई प्राप्त हुने मुल्य अभिवृद्वी करबाट १२ लाख ७१ हजार, भुमिकर र मालपोत बाट ११ लाख ६० हजार रुपैयाँ संकलन भएको प्रप्रअ न्यौपानेले बताए । बांकी अन्य आम्दानी विभिन्न शिर्षकबाट संकलन भएको छ । खैरहनी नगरपालिकाले चालू आर्थिक वर्षमा १० करोड ११ लाख रुपैयाँ राजस्व आन्तरिक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिका प्रमुख लालमणी चौधरीले जानकारी दिए ।

लक्ष्य अनुसार यो बर्ष पनि राजस्व संकलन हुने प्रमुख चौधरीले बताए । अघिल्लो आर्थिक वर्षमा ९ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्य भन्दा १८ प्रतिशत बढी राजस्व संकलन भएको थियो । जनप्रतिनिधि निर्वाचित भएको बर्ष खैरहनीको आन्तरिक आम्दानी १ करोड पनि थिएन । यहाँका उद्योगि ब्यवसायी,नगरवासी, जनप्रतिनिधि ,नगरपालिका कर्मचारीको साथ सहयोगले आम्दानिको श्रोत वृद्धि हुँदै गएको नगर प्रमुख चौधरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>