देश/प्रदेश

नेपाली कांग्रेस नगर सभापतिको कोरोना सङ्क्रमणबाट निधन

Banner

फुङ्लिङ, वैशाख १०–

नेपाली कांग्र्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ ।

निमोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>