देश/प्रदेश

आगलागीबाट रु १० लाखको चिया क्षति

Banner

इलाम, वैशाख ९-

सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>