देश/प्रदेश

कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जना पक्राउ

Banner

लहान,वैशाख ९-

प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले घरमा तलासी लिँदा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको जनाएको छ । पक्राउ परेका यादवकोे साथबाट एक थान कटुवा पेस्तोल र सोको एक राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>