गण्डकी

खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

Banner

लमजुङ, वैशाख ९-

यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आज बेँसीशहरमा पत्रकार सम्मेलन गरी अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले ठाडो भाकाको लागि पुरुष र महिला तीन/तीनजना सहभागी भई विपरीत लिङ्गी समूहसँग १० टुक्का गाउनुपर्नेछ । दोर्दी गाउँपालिका–६ कीर्तिपुर बेसीको भगवान् आधारभूत विद्यालयमा आयोजना गरिने कार्यक्रमको प्रवद्र्धक दोर्दी गाउँपालिकाले गरेको छ । कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका–भाका नर्मदा स्मृति पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ ।

प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताउनुभयो । ठाडोभाकातर्फ ९० टिम र बाघचाल प्रतियोगितातर्फ ३५ जनाको सहभागिता हुने अपेक्षा आयोजकको छ ।

ठाडोभाकातर्फ प्रथमलाई २५, दोस्रोलाई १५, तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने र सहभागी समूहलाई बाटो खर्चस्वरुप र तीन/तीन हजार प्रदान गरिने छ । बाघचालतर्फ प्रथमलाई रु सात हजार, दोस्रोलाई रु चार र सान्त्वना दुई जनालाई दुई/दुई हजार पुरस्कार छ । पत्रकार सम्मेलनमा ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र सदस्य सीता दुराले ठाडो भाकाका केही टुक्का गाउनु भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>