चितवन विशेष

नीति र कार्यविधि निमार्णका लागि आर्दश नारी भरतपुरको कार्यशाला

Banner

चितवन, वैशाख ७-

संस्थागत नीति, नियमावली र कार्यविधि निमार्णका लागि भरतपुरको आर्दश नारी विकास केन्द्रले आज कार्यशाला गरेको छ ।

आर्थिक तथा प्रशासनिक नियमावली, मानवीय स्रोत विकास तथा व्यवस्थापन नीति, संस्थागत आचारसंहिता र निर्देशिका, स्वयम्सेवक परिचालन कार्यविधिलगायतका विषयमा कार्यशालामा छलफल गरिएको थियो ।

संस्थाका कार्यक्रमलाई थप व्यवस्थित बनाउने उद्देश्यले हालको नियमावलीलाई पुन परिमार्जित गरी दोस्रो संस्करण निकाल्न लागिएको अध्यक्ष मीना खरेलले जानकारी दिइन् । यसअघि संस्थाको आर्थिक तथा प्रशासनिक नियमावली–२०६६ सालमा निर्माण गरी २०७६ सालमा प्रथम संस्करण गरिएको थियो ।

नियमावली निर्माणका लागि परामर्शदाता खेम सापकोटाले सहजीकरण गरेका हुन् । कार्यक्रममा संस्थाकी अध्यक्ष मीना खरेल, कानुनी सल्लाहकार अधिवक्ता फूलमाया रानाभाट, सल्लाहकार विदुर केसीलगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैबीच, संस्थाका सहसचिव शिशा राई मानन्धरले आफ्नी स्वर्गीय दिदी उषा राई मानन्धरको स्मृतिमा संस्थालाई ५० हजार रुपैयाँ अक्षयकोष निमार्णको लागि सहयोग गरेकी छन् । संस्थाको कार्यालयमा कार्यसमितीको रोहवरमा अध्यक्ष मीना खरेललाई उनले चेक हस्तान्तरण गरेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>