Breaking News
चितवनमा ११३ जनाको स्वाब परीक्षण गर्दा २२ जनामा कारोना संक्रमण पुष्टि
०

चितवन,बैशाख ६-
चितवनमा एकै दिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा ११३ जनाको स्वाब परीक्षण गर्दा चितवनका २१ सहित २२ जनाको कोरोना पोजेटिभ आएको हो ।
संक्रमण पुष्टि भएका मध्य २० जना भरतपुर महानगरपालिका भित्रका छन । उनिहरु भरतपुर २,३,७,१०,११,१३,१८,२० र २५ नम्वर वडाका हुन । जसमध्य २१ देखि ८२ बर्ष उमेर समूहका १० पुरुष र ३ देखि ७६ बर्ष उमेर समूहका १० महिला रहेका छन ।
यस्तै माडी नगरपालिका १ कि ४५ बर्षिय महिलालाई पनि कोरोना पुष्टि भएको छ । तनहुँ देवघाट गाँउपालिका ५ का ४२ बर्षिय पुरुषलाई पनि कोरोना देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























