वागमती
हेटौँडा स्कूल अफ म्यानेजमेन्ट परिसरमा आज बिहान फेला परेको शङ्कास्पद वस्तु वम नभएको पुष्टि
०
बाग्मती, वैशाख ३-
वाग्मती प्रदेश राजधानी हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट परिसरमा आज बिहान फेला परेको शङ्कास्पद वस्तु वम नभएको पुष्टि भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले गरेको डिस्पोजको क्रममा उक्त शङ्कास्पद वस्तु बम नभई होक्स ९बम जस्तै देखिने वस्तु० भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
क्याम्पसको पुरुष शौचालयभित्र बाकसजस्तो देखिने तार निस्किएको शङ्कास्पद वस्तु फेला परेपछि प्रहरी समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली उक्त क्षेत्रमा पुगेको थियो । सर्वसाधारणलाई त्रसित गर्ने उद्देश्यले उक्त शङ्कास्पद वस्तु राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























