देश/प्रदेश

टिपर दुर्घटना हुँदा दुईको मृत्यु

Banner

रसुवा, वैशाख २-

पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग्राङबाट कालिकास्थानतर्फ गइरहेको वाग्मती प्रदेश ०६–००६ ख १६८८ नंको खाली टिपर गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई नेपाल प्रहरीले तत्काल उद्धार गरी रसुवा अस्पताल धुञ्चे पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिपरमा सवार कालिका गाउँपालिका–१ का वडाध्यक्ष ९पूर्व गोरखापत्रका रसुवा समाचारदाता० मालफुर्पा तामाङको भने खोजतलासपछि आज बिहान मात्र घटनास्थल क्षेत्रको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारार्थ काठमाडौँ पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको अनुमान छ ।

मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ । उनीहरूको शव परीक्षणका लागि रसुवा अस्पतालमा राखिएको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>