Breaking News

नवलपुरमा १४ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि

Banner

नवलपुर,चैत ३०–

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि देखापरेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरिरहेका बेला पूर्वी नवलपरासीको कावासोतीमा पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको भन्दै जिल्लावासीमा पुनः त्रासदी थपिएको छ ।

कावासोती नगरपालिका १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा आज तीन जना कोरोना संक्रमित फेला परेका हुन् । आज नवलपरासीपूर्वका १४ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

आज संक्रमण पुष्टि हुनेमा कावासोती नगरपालिका १६ का ४१ वर्षीया महिला, देवचुली नगरपालिका २ का २६ वर्षीय पुरुष र गैडाकोट नगरपालिका १ का ३४ वर्षीय पुरुष रहेका छन् । संक्रमित मध्ये एक जनालाई सोही अस्पतालाको आइसोलेशनमा राखिएको छ भने २ जना होम आइसोलेशनमा रहेको जनस्वास्थ्य अधिकृत सुवेदीले बताए ।

नवलपुरमा गत फागुन २ गतेबाट पीसीआर परीक्षण गर्न शुरु गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>