देश/प्रदेश

यौनसम्पर्क गर्न नदिएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

Banner

रुपन्द्रेही , चैत २७

रुपन्दे्रहीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको छ । यौनसम्पर्क गर्न नदिएको रिसमा रुपन्देहीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई बिहीबार बिहान पक्राउ गरेको हो। ५५ वर्षीय कुश्मा बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटना थाहा पाउनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले श्रीमान बानियाँलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाका अनुसार घरको कोठाभित्र खाटमा मृत भेटिएकी कुश्माको घाँटीमा दाग भेटिएपछि हत्या आशंकामा गनपतलाई पक्राउ गरिएको हो ।

गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>