फुटबल
ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता २१ गतेबाट
चितवन, चैत १४-
पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता चैत २१ गतेबाट सुरु हुने भएको छ । क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्न लागेको हो ।
ललितपुर मेयर वुमन्स च्याम्पियनसि क्रिकेट प्रतियोगिताको लागि ललितपुर मेयर -११ को टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सरस्वती चौधरीको कप्तानीमा ललितपुरको टिम घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको १४ सदस्सीय टिममा कविता गौतम, विमला मगर, सुमन खतिवडा, आरती बिडारी,केनुका बस्नेत, अनिशा लामिछाने, अनुराधा चौधरी,शोभा आले,बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली रहेकी छिन् ।
पहिलो संस्करणको ललितपुर मेयर कप चैत २१ देखि २८ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा आयोजना हुनेछ ।उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश -१ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। टी -२० राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ । लिग पछि शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवमनले १५ र १५ हजार पाउने छन् ।
























