प्रदेश २

महोत्तरीमा भेटियो मानव खप्पर, बेपत्ता दम्पतिको हुन सक्ने आशंका

Banner

चितवन,चैत १२-

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर २ अत्तरा जाने बाटोमा थुपारिएको माटोभित्र एक मानवको खप्पर फेला परेको छ । सोहि ठाउँमा हड्डी मात्र भएको हात र थोरै कपाल पनि भेटिएको छ । हड्डी र खप्परको प्रकृति हेर्दा मृत भएको धेरै समय नभएको प्रहरीले आशंका गरेको छ ।

केहि समयअघि सोही गाउँका दुई दम्पती बेपत्ता भएका थिए । प्रहरीले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको थियो । खप्पर भेटिएको घटनास्थलमा अहिले प्रदेशबाट सिआइडीको टोली र एसएसपी मोसाउद अलिखाँडको टोली पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>