नवलपुर

नवलपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

Banner

नवलपुर,चैत ११-

नवलपुरको हुप्सेकोट गाउँपालिका(२ मा लोकसेवा माविको स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । चोरमाराबाट हुप्सेकोट जाँदै गरेको मध्यविन्दु ९, बसन्तपुरको लोकसेवा माविको लु १ क ३९९९ नम्बरको बसले हुप्सेकोट २, दन्दरमा ठक्कर दिँदा हुप्सेकोट २ निवासी सुकमाया परियारको तीन वर्षीय छोरा कृश परियारको घटनास्थलमै मृत्यु भएको हो ।

चालक फरार रहेको र बस हुप्सेकोट प्रहरी चौकीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>