नवलपुर

गैडाकोटको होटल ग्रिन फरेष्टमा प्रहरी छापा,जुवा खेलाउने संचालकसहित ८ पक्राउ

Banner

गैडाकोट,चैत १०-

होटलको कोठामा जुवा खेलाउने होटल ग्रिन फरेष्ट गैँडाकोट १ का संचालक सहित ८ जनालाई खालबाटै प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट-१ मा रहेको सो होटलमा हारजितको बाजी सहित जुवा खेलिरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको टोलीले गैँडाकोट १ बस्ने वर्ष का नवराज क्षेत्री, सोही ठाउँका मणिराम गौतम, रमेश प्रजापति, भरतपुर महानगरपालिका १ बस्ने अशोक कुमार विक, सोही ठाउँका नारायण थापा, मनोज कुमार शाहा, रोशन खड्का र पदम लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता दिलिपकुमार गिरी जानकारी दिनुभयो । प्रहरी टोलीले जुवाको खालबाट २ लाख २५ हजार ५ रुपैया नेपाली र १ हजार ६१० भारतीय रुपैया समेत बरामद गरेको छ । उनिहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको गिरीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>