Breaking News

मालपोत कार्यालय भरतपुरका तत्कालिन लेखा अधिकृत दमाई पूर्पक्षका लागि कारागार चलान

Banner

चितवन, चैत ६–

एक करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाईलाई चितवन जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आज (शुक्रबार) दमाईलाई पूर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको अदालतका शाखा अधिकृत नवराज सिंखडाले नारायणी अनलाइनलाई जानकारी दिए । दमाईलाई आजै जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले ७ वर्ष कैद मागदावी गर्दै चितवन जिल्ला अदालतमा विहीबार मुद्धा दायर गरेको थियो । दमाईले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>