Breaking News

सिर्जनशील नारी तामाङ भन्छिन् : जब मूर्ति बन्छ तब सबै थकाइ बिर्सिन्छु

Banner

मनिका विश्वकर्मा

चितवन, फागुन २४-

मैले पहिलो पटक ढुङगामा काम गर्दा धेरै गाह्रो हुन्छ भन्ने सोचेको थिए तर पछि काम गर्दै गएपछि मलाई सजिलो भयो । म त बलियो भएर नि होला सहज भएको । अनमारी तामाङ भन्छिन्, ‘जब मुर्ति बन्छ तब थकाई बिर्सेर कति धेरै आनन्द र खुसी लाग्छ बयान गर्नै सकिन्न ।’ सानै उमेरदेखि चित्रकलामा रुचि रहेकी अनमारीको अहिले चित्रकला प्यासन नै बनिसक्यो । एक वर्ष पहिला स्नातकोत्तर सकेकी अनमारीले सात वर्ष अगाडिदेखि मूर्तिकलाको काम गर्दै आएकी हुन् ।

भर्खरै गैँडाकोट नगरपालिकाको मौलाकालिका मन्दिर जाने पदमार्गमा रहेका ढुङगामा मुर्ति बनाउने १५ दिनको कार्यशाला रहेको थियो । जसमा अनमारी पनि महिला मूर्तिकार भएर काम गरेकी थिइन् । उनले सुतेको ढुङ्गालाई मूर्तिमा उतार्ने काम गर्दै उनले सुन्दर कछुवाको मूर्ति कुदेर काठमाडौं फर्किसकेकी छन् ।

लामो आयु भएको जनावर कछुवाको चित्र बनाउन उनलाई धेरै गाह्रो भयो तर मूर्ति बनेपछि उनले त्यो थकाइ बिर्सिएको बताइन् । उनले भनिन्र्, झण्डै दुई हजार सिँढी चढेर मन्दिर पुग्नलाई त धेरै नै गाह्रो हुन्छ नि त । कछुवा भनेको त धैर्यले हिड्ने जनावर हो । त्यसैले पदमार्गमा यसको मूर्ति बनाएकी हुँ । जसले गर्दा तीर्थालुलाई धैर्य गर्ने प्रेरणा मिलोस् ।’

मूर्तिकला भनेको एकदम गाह्रो कला नै हो उनले भनिन्र्, पुरुषको तुलनामा महिलाहरु शरीरिक अवस्था अली कमजोर नै हुने गर्छ । मूर्तिकलाको लागि पनि शारीरिक रुपमा बलियो हुनुपर्छ ।’

स्नातककोत्तर तहमा मूर्तिकला पढ्ने उनी मात्रै एक महिला विद्यार्थी थिइन् । उनले भनिन्र्, म स्नातकोत्तर पढ्ने बेलामा मेरो ब्याचमा मूर्तिकला पढ्ने म मात्रै महिला थिएँ’ । परिवारको साथसहयोग र मिहिनेतले अघि बढेकी अनमारीलाई अहिले देखेर सबै खुसी छन् । महिला मूर्तिकारहरुको संख्या कम रहेको नेपालमा उनी उदारणीय महिला मूर्तिकार बन्न सफल भएकी हुन् । सुरु सुरुमा त उनलाई काम गर्दा आफू मात्रै महिला रहेछु भनेर अनौठो लाग्थ्यो पछि सहज हुदै गएको उनले बताइन् ।

कार्यशालाको बेला महिनावारी हँुदा उनी बिदामा बस्छिन् । कार्यशालामा धेरै पुरुष साथीहरु समस्या परेको बेला सहयोग गर्ने उनले बताइन् । मूर्तिकलामा महत्वपूर्ण कुरा भनेको मेसिनको प्रयोग गर्दा ध्यान दिनुपर्छ । उनले भनिन्र्, एउटा मेसिन नै पाँच किलो हुने गर्छ । यो लामो समयसम्म प्रयोग गर्न कठिन हुन्छ ।’

सानै उमेरदेखि चित्रकलामा रमाउँदै आएकी अनमारीले विशेषगरी जनावरहरुको चित्रहरु बनाउन मन पराउँछिन् । बिस्तारै उनले माटोबाट विभिन्न आकारको जनावरको मूर्तिहरु बनाउन थालिन् । माटोमा राम्रो बनाउन थालेपछि उनले ढुङ्गामा मूर्ति बनाउन सक्ने थानेपछि उनले ढुङ्गामा पनि मूर्तिहरु बनाउन सुरु गरिन् । हालसम्म उनले २० वटा मूर्ति बनासकेकी छन् । यो कलामा भिजेको उनको ९ वर्ष पूरा भइसकेको छ । घोडा र लाटो कोसेरोको मूर्तिबाट कला क्षेत्रमा प्रवेश गरेकी उनले थुप्रै जनावरहरुको मूर्ति र चित्र बनाइ सकेकी छन् । काठमाडौंको रातो बंगला स्कुलकले बर्सेनि बालबालिकासम्बन्धी पुस्तकहरु निकाल्ने गर्छ । उनले पनि उक्त किताबमा चित्रहरु कोर्ने काम गर्छिन् । उनी इलास्टटेटर भएकोले पनि यो कलामा भविष्य देखिएको उनले बताइन् । इलास्टटेटर भनेको लेखसँग मिल्दो चित्रहरु बनाउने हो । उनका अनुुसार नेपालमा मूर्ति बनाएर नै जीवननिर्वाह गर्न सकिन्छ । उनले भनिन्र्,मेहेनत गरे सफल अवश्य हुन्छ । मेहेनत चाही गर्नु नै पर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>