Breaking News

चितवन प्रहरीलाई एक सय घुस दिन खोज्ने ट्रक चालक पक्राउ

Banner

चितवन,असोज २३-

चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाँउपालिका २ देउरालीका ३२ बर्षिय भरत लुंगेली रहेका छन । शनिवार गरिएको चेकजाँचको क्रममा भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोकमा प्रहरी हवल्दार हरी बहादुर घर्तीमगरलाई ना ३ ख २३२२ नम्वरको ट्रक चालक लुंगेलीले घुस दिन खोजेका थिए ।

चितवन राईस मिल समितिको चलानी पत्र भित्र एक सय घुस राखेर दिन खोज्दा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो । चालकले साथमा सवारी चालक अनुमती पत्र नरहेकोले मिलाइदिनु प¥यो भन्दै घुस दिएका थिए । थप अनुसन्धान भइरहेको र आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>