Breaking News

चितवनको माडीमा जंगली निलगाईको आक्रमणबाट एकको मृत्यु

Banner

चितवन, फागुन १७-

माडीको सोमेश्वर सामुदायिक वनभित्र जंगली निलगाईको आक्रमणबाट माडी नगरपालिका–६ स्याउलीबास निवासी एक जनाको ज्यान गएको छ ।

बिहान ५ जनाको समूहमा कुचो काट्न वनको भित्री भागमा पुगेका अन्दाजी ५० वर्षका वीरबहादुर तामाङको निधन भएको उनको परिवारिक स्रोतले जनाएको हो । निलगाईले आक्रमणबाट उनको शरीरमा गम्भीर चोट लागेसँगै कुचो काट्न पुगेका आफन्तहरुले जनाएका हुन् । माडी प्रहरीका जवान हरिबहादुर ओझाले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘सडकबाट झण्डै एक घण्टा हिडेर जंगलतिर जानुपर्ने भएकोले प्रहरी टोली फर्किएपछि मात्र वृहत् जानकारी प्राप्त हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>