अन्तर्राष्ट्रिय
खुट्टामा चक्कु बाँधिएको भालेले लियो आफ्नै मालिकको ज्यान
०

फागुन १६
कुखुराको भालेले आफ्नै मालिकको ज्यान लिएको छ । भारतको तेलंगामा ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको हो ।
प्रतिस्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन थालेको भाले भागेपछि मालिकले दौडेर समाउन खोजेका थिए। त्यही क्रममा भालेको खुट्टामा रहेको चक्कु उनको पेट र तीघ्राबीचको भागमा लागेर गम्भिर घाईते भएका थिए । अत्याधिक रक्तश्राव भएकाले मालिकको अस्पतालमा पुग्नुअघि नै मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भालेलाई एउटा पोल्टी फार्ममा पठाइएको छ ।
केही दिनअघि तेलंगनाको लोथुनुर गाउँमा १६ जना मिलेर भाले जुधाइ प्रतियोगिता आयोजना गरेका थिए। भारतमा यस्ता प्रतियोगिता प्रतिबन्धित भए पनि गैरकानुनी रूप आयोजना भइरहन्छन्। एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























